गृहपृष्ठ सभामुख पदका लागि डीपी अर्यालले गरे मनोनयन दर्ता
सभामुख पदका लागि डीपी अर्यालले गरे मनोनयन दर्ता
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन्। उनले शुक्रबार सिंहदरबार पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसदको स्पष्ट बहुमत रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ।
प्रकाशित समय : ११:३२ बजे


















