global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ हुलाक सेवाको प्रभावकारिता बढाउन मकवानपुरका प्रजिअ अधिकारीको अनुगमन

हुलाक सेवाको प्रभावकारिता बढाउन मकवानपुरका प्रजिअ अधिकारीको अनुगमन

हुलाक सेवाको प्रभावकारिता बढाउन मकवानपुरका प्रजिअ अधिकारीको अनुगमन

मकवानपुर । जिल्ला हुलाक कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी र चुस्तदुरुस्त बनाउन मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) बसन्त अधिकारीले अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा सिडियो अधिकारीले हुलाकमार्फत प्रदान गरिने विभिन्न सरकारी सेवाहरू जस्तै पासपोर्ट, ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्र तथा अन्य महत्वपूर्ण कागजातहरूको वितरण प्रक्रियाबारे जानकारी लिएका थिए । उनले ती सेवाहरूलाई थप व्यवस्थित र छिटोछरितो बनाउन आवश्यक निर्देशन समेत दिए ।

सिडियो अधिकारीले आगामी दिनमा हुलाक सेवामार्फत नै नागरिकलाई स्थानीय तहसम्म सरकारी कागजातहरू सहज रूपमा उपलब्ध गराउने योजना रहेको बताए । विशेषगरी दशैंजस्ता चाडपर्वको समयमा सेवाग्राहीलाई झन्झटमुक्त रूपमा कागजात उपलब्ध गराउने उद्देश्यले हुलाक प्रणालीलाई सुदृढ बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

‘हुलाक सेवालाई आधुनिक र प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा प्रवाह गर्नु हाम्रो प्राथमिकता हो,’ सिडियो अधिकारीले भने ।

उनले हुलाक कार्यालयका कर्मचारीहरूलाई सेवाग्राहीमैत्री व्यवहार अपनाउन, काममा ढिलासुस्ती नगर्न र प्रविधिको अधिकतम प्रयोग गरी सेवा सुधार गर्न निर्देशन दिए ।

जिल्ला हुलाक कार्यालय मकवानपुरले पनि सेवा विस्तार र गुणस्तर सुधारका लागि आवश्यक तयारी अगाडि बढाइएको जनाएको छ । हुलाक सेवामार्फत सरकारी कागजातहरूको वितरण सुरु भएमा सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु