global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

गण्डकी । कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाँझिदै गरेका वास्तविकतामा तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित कडरिया एकिकृत कृषि फर्म भने कृषि जान्न र बुझ्न चाहने जो कोहीका लागि राम्रै पाठशाला बनेको छ ।

एकै स्थानमा कृषिका विविधतासँगै सम्भावनालाई प्रत्यक्ष अवलोकन गर्न पाइने यस फर्ममा कुल २७ रोपनी क्षेत्रफलमा बहुप्रजातिका कृषिजन्य उत्पादन गरिदै आइएको छ ।

पहिला सामान्य रुपमा थालिएको उनको कृषिकर्म यतिखेर कडरिया एकिकृत कृषि फर्मका रुपमा अघि बढीरहेको छ । उनको फर्ममा पशुपालन, कुखुरा पालन, तरकारी तथा फलफूल खेतीहरू एकै साथ गरिदै आइएको छ ।

कडरियामा कृषिमा केही गर्नुुपर्छ भन्ने भावना भने विद्यार्थी हुँदादेखि नै सुरु भएको हो । २०३५ सालमा स्थानीय कालिका माध्यमिक विद्यालयमा पढ्ने बेलामा बागबानी विषयको प्रयोगात्मक सिकाई घरमा नै गर्ने गरिन्थ्यो । त्यसै समयदेखि नै कृषिका विभिन्न प्रयोग गर्दै आएका उनले अहिले भने एकिकृत कृषि फर्म मार्फत अरुका लागि पनि प्रेरणको स्रोत बनीरहेका छन ।

सुरुमा चार सय बोट सुन्तला र एक हजार छ सय बोट कफिबाट सुरु गरिएको व्यवसायिक कृषिले उनलाई अन्ततः सफल कृषि व्यवसायी बनाएको हो ।

सुरुमा सुन्तला राम्रै उत्पादन भएपनि २०५२/०५३ बाट सुन्तलामा रोग लाग्न थालेपछि त्यसको विकल्पमा केरा, अदुवा खेती आदि गरेको उनले अनुभव सुनाए ।आँफूले २०५३/२०५४ सालतिर एक हजार ७०० धार्नीसम्म अदुवा उत्पादन गरेको अनुभव सुनाउँदै उनले त्यस क्रममा हलेदो खेती समेत गरेको बताए।

त्यस्तै २०५४ र २०५५ सालतिर तीन रोपनी क्षेत्रफलमा जाली लगाएर खुल्ला रुपमा लोकल कुखुरा पालन गरेका कडरियाले झण्डै आठ सयसम्म कुखुरा पाले । तर ती ती कुखुराबाट त्यति फाइदा हुन सकेन । त्यस पछि एक हजार लेस कुखुरा पालेका उनले कोरोना महामारी पछि ती पनि हटाए । त्यस यता झण्डै दुई हजारको संख्यासम्म बोइलर कुखुरा पालन गरिरहेको उनले अनुभव सुनाए ।

 

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु