global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एनसेलको दैनिक १०० एमबी निःशुल्क डेटा अफर, हरेक हप्ता ५० जीबीसम्म जित्न सकिने

एनसेलको दैनिक १०० एमबी निःशुल्क डेटा अफर, हरेक हप्ता ५० जीबीसम्म जित्न सकिने

एनसेलको दैनिक १०० एमबी निःशुल्क डेटा अफर, हरेक हप्ता ५० जीबीसम्म जित्न सकिने

एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत् दैनिक १०० एमबी निःशुल्क डेटा पाइने अफर सञ्चालनमा ल्याएको छ ।

यसका साथै ग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरूप जित्न सक्छन् । ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता बमोजिम यो अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

यस अफरअन्तर्गत सबै एनसेल ग्राहकहरूले हरेक दिन एनसेल एपको बाई प्याक मेनुमा गई १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्छन् । यसले ग्राहकलाई एपका विभिन्न सुविधाहरू प्रयोग गर्दै सधैं कनेक्टेड रहन मद्दत गर्दछ ।

यो अफरको उद्देश्य ग्राहकलाई आधारभूत ग्राहक सेवा भन्दा बाहिर गएर डिजिटल जीवनशैली अपनाउन प्रेरित गर्नु हो ।​

एनसेल एप डिजिटल माध्यमबाट सजिलै विभिन्न ग्राहक सेवाहरु लिन सकिने एक प्लेटफर्म हो जसले रिचार्ज सेवा, डेटा तथा भ्वाइस प्याक खरिद, अन्य विभिन्न सेवालगायत गेमहरू एकै ठाउँमा उपलब्ध गराउँछ। सहज र छिटो पहुँचमार्फत ग्राहकहरूले यस एपबाट सहज रूपमा ग्राहक सेवाहरू लिन सक्छन्।

ग्राहक संलग्नता थप बढाउन एनसेलले ‘प्ले एन्ड वीन’ अफर पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रूपमा एपमा आधारित गतिविधिहरूमा सहभागिता जनाएर ५० जीबीसम्म डेटा जित्न सक्छन्।

प्रयोगकर्ताहरूले दैनिक रूपमा एपमा गई स्पीन द ह्वील, म्याथ च्यालेन्ज, एनसेल रनर, स्क्राच एन्ड वीन जस्ता गेमहरूमा संलग्न भई आफ्नो अंकहरू संकलन गर्न सक्छन् ।

हप्ताभरि संकलन भएको अंकका आधारमा ग्राहकहरुको स्थान निर्धारण गरिन्छ र सोहीअनुसार उनीहरुले आकर्षक डेटा पुरस्कारका रूपमा जित्नेछन् ।

प्रत्येक हप्ता कुल ३ हजार ४१० जना ग्राहकले डेटा पुरस्कारका रूपमा प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन् ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु