global ime bank Long Banner Ad

गृहपृष्ठ भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

वीरगञ्ज  । भारत सरकारले १९ थान वान टन सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका  वाणिज्यदूत मनिषकुमार दासले आइसिपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारीसाधन हस्तान्तरण गरेको हो । सरकारको आग्रहअनुसार सो सवारीसाधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ ।

पर्साका सहायक प्रजिअ कार्कीले सवारीसाधन उपलब्ध गराएकामा भारत सरकारप्रति आभार व्यक्त गर्दै ती सवारीसाधन गृहमन्त्रालयतर्फ पठाइएको जानकारी दिए ।

प्रकाशित समय : १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु