global ime bank Long Banner Ad

गृहपृष्ठ मुख्यमन्त्री कार्यालयद्वारा स्थानीय तहलाई ताकेता

मुख्यमन्त्री कार्यालयद्वारा स्थानीय तहलाई ताकेता

मुख्यमन्त्री कार्यालयद्वारा स्थानीय तहलाई ताकेता

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सले यहाँका स्थानीय तहहरूलाई सहिद स्मृति र जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन पठाउन ताकेता गरेको छ ।

मुख्यमन्त्री कार्यालयले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता र घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन निर्वाह विशेष भत्ता वितरण भएको आर्थिक वर्ष २०८२/८३ साउनदेखि पुस महिनासम्मको प्रतिवेदन र माघपश्चात् असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्रहीहरूको आवेदन सङ्कलन तथा यकिन गरेर पठाउन ताकेता गरेको हो ।

‘सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१’ र ‘घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१’ मा भएको व्यवस्थाबमोजिम कार्यविधिको अनुसूची १ बमोजिम माघदेखि असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्रहीहरूको आवेदन सङ्कलन तथा एकिन गरी अनुसूची २ अनुसारको ढाँचामा लाभग्रहीको विवरण पठाउन परिपत्र गरिएको मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत लक्ष्मी कँडेलले जानकारी दिए ।

साउनदेखि पुस महिनासम्म वितरण गरिएको सहिद स्मृति तथा जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन यही चैत १५ गतेभित्र पठाइसक्नुपर्ने र त्यसपछि यस कार्यालयबाट रकम निकासा गरिने कुराको जानकारी गराइएको शाखा अधिकृत कँडेलले बताए ।

प्रकाशित समय : १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु