nmb bank

गृहपृष्ठ प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्दै कामपा

प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्दै कामपा

प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्दै कामपा

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कामपाले उक्त तालिम प्रदान गर्न नेपाल रेडक्रस सोसाइटीसँग सम्झौतासमेत गरिसकेको कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन।

सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने उनले बताइन । दुर्घटना, चोटपटक, अचानक बिरामी अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पुर्याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो ।

“आपत्कालीन अवस्थाका व्यक्तिको जीवनरक्षाका लागि यो अति जरुरी पर्छ । यसकारण प्राथमिकता दिएर तालिम सञ्चालन गर्न लागेका हौँ”, कार्यवाहक प्रमुख डङ्गोलले भनिन, “वडाको भौगोलिक अवस्था, तालिम लिने व्यक्तिको तत्परताजस्ता सूचकका आधारमा तालिम सञ्चालन गरिनेछ । एकपटक प्रदान गरिएको तालिमलाई दिगो बनाउन आवश्यकताका आधारमा थप योजना तर्जुमा हुनेछन् ।”

हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिम सञ्चालन गर्न वडामा एक लाख ६३ हजार ८५० को दरले खर्च हुने जनाइएको छ ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु