global ime bank Long Banner Ad

गृहपृष्ठ बीसीसीआईले विश्वकप विजेता भारतीय टोलिलाई १३१ करोड रुपैयाँ पुरस्कार दिने

बीसीसीआईले विश्वकप विजेता भारतीय टोलिलाई १३१ करोड रुपैयाँ पुरस्कार दिने

बीसीसीआईले विश्वकप विजेता भारतीय टोलिलाई १३१ करोड रुपैयाँ पुरस्कार दिने

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईसीसी टी–२० विश्वकप विजेता भारतीय क्रिकेट टोलीका लागि १३१ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको छ।

आइतबार फाइनलमा न्यूजिल्यान्डलाई पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको भारतीय टोलिलाई प्रोत्साहनस्वरुप उक्त पुरस्कार घोषणा गरिएको बीसीसीआईले जनाएको छ।

यस्तै, बीसीसीआईले खेलाडीहरू, सपोर्ट स्टाफ तथा चयनकर्ताहरूलाई यस ऐतिहासिक उपलब्धिका लागि बधाई पनि दिएको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा खेलिएको फाइनल खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै न्यूजिल्यान्डलाई ९६ रनले हराउँदै उपाधि रक्षा गरेको थियो।

 

प्रकाशित समय : १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु