nmb bank

गृहपृष्ठ परिवर्तनका चाहनालाई मूर्त रुप दिनका लागि पूर्ण प्रयास गर्नेछु : रुकेश रन्जित

परिवर्तनका चाहनालाई मूर्त रुप दिनका लागि पूर्ण प्रयास गर्नेछु : रुकेश रन्जित

परिवर्तनका चाहनालाई मूर्त रुप दिनका लागि पूर्ण प्रयास गर्नेछु : रुकेश रन्जित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित रुकेश रन्जितले मतदाताहरुले चाहनालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार निर्वाचितपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले मतदाताहरुले राखेको परिवर्तनको चाहनालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने,‘यहाँका मतदाताहरुले जुन किसिमको परिवर्तनको चाहना राख्नुभएको छ त्यो चाहानालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा हामी प्रयास गर्ने छौं ।’

त्यस्तै उनले अगाडि कार्यक्रमहरु पार्टीले तय गरेको नीति तथा कार्यक्रम अनुसार र सँगसँगै मूल्य र मान्यता अनुसार अगाडि बढ्ने जानकारी गराए । देशको नीति निर्माणको काम र जनताको चाहाना पूर्ति गर्नेे अभिभारालाई जिम्मेवारीपूर्वक निभाउने उनको अठोट छ । ‘अगाडि दिनमा हाम्रो पार्टीले तय गरेको नीति तथा कार्यक्रम अनुसार र सँगसँगै मूल्य र मान्यता अनुसार अगाडि बढ्ने छौं । देशको नीति निर्माणको काम र जनताको चाहाना पूर्ति गर्ने हाम्रो अभिभारालाई जिम्मेवारीपूर्वक निभाउने छु’ उनले भने ।

प्रकाशित समय : १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु