nmb bank

गृहपृष्ठ भक्तपुर–१ मा रास्वपाको विजयी

भक्तपुर–१ मा रास्वपाको विजयी

भक्तपुर–१ मा रास्वपाको विजयी

भादगाउँ । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा रन्जितले ३३ हजार ४३६ मतले विजयी भएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए ।

उनका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १४७ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाएको छ ।

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु