गृहपृष्ठ मतदानको समयमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने निर्णय
मतदानको समयमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने निर्णय
प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । भोलि देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
बुधवार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने निर्णय गरेको छ ।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।
प्रकाशित समय : १३:३८ बजे



















