nmb bank

गृहपृष्ठ सूर्यज्योतिले सुदूरपश्चिममा बन्ने पाँचतारे होटल ‘होलिडे इन धनगढी’ मा २५ प्रतिशत लगानी गर्ने

सूर्यज्योतिले सुदूरपश्चिममा बन्ने पाँचतारे होटल ‘होलिडे इन धनगढी’ मा २५ प्रतिशत लगानी गर्ने

सूर्यज्योतिले सुदूरपश्चिममा बन्ने पाँचतारे होटल ‘होलिडे इन धनगढी’ मा २५ प्रतिशत लगानी गर्ने

सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमै पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल निर्माणका लागि धनगढीस्थित क्लब चौलानी लिमिटेडमा २५ प्रतिशत सेयर लगानी गर्ने सम्झौता गरेको छ।

उक्त होटल अन्तर्राष्ट्रिय होटल समूह आईएचजी होटेल्स एन्ड रिसोर्ट अन्तर्गतको ‘होलिडे इन धनगढी’ ब्रान्डमा सञ्चालन हुनेछ।

सम्झौतापछि क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र केसीले धनगढीमा अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउन पाउनु महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। उनले धनगढीलाई पश्चिम नेपालको व्यावसायिक तथा पर्यटन प्रवेशद्वारका रूपमा उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवाको ठूलो सम्भावना रहेको बताएका छन्। आईएचजीको अनुभव र गुणस्तर मापदण्डअनुसार अतिथिलाई विश्वस्तरीय सेवा दिने लक्ष्य रहेको उनको भनाइ छ।

होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ वटा प्रिमियम सुइटसहित ११५ आधुनिक अतिथि कक्ष रहनेछन्। करिब १८ हजार ५०० वर्गफुट क्षेत्रफलमा अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्याङ्क्वेट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेस्टुरेन्ट, पूर्ण सुसज्जित फिटनेस सेन्टर, बैठक तथा सम्मेलन कक्ष र विशेष निजी भोजन सुविधा उपलब्ध गराइने जानकारी दिइएको छ।

 

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु