गृहपृष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचनः पर्यवेक्षणका लागि आएका ‘आइआरआई’का टोली आयोगमा
प्रतिनिधिसभा सदस्य निर्वाचनः पर्यवेक्षणका लागि आएका ‘आइआरआई’का टोली आयोगमा
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्तद्वयसँग निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएको अन्तरराष्ट्रिय गैरसरकारी संस्था इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई) को प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
आयोगका कार्यालय बहादुर भवनमा आज एडवार्ड स्टेवार्ट नेतृत्वको प्रतिनिधिमण्डलले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्तसँग शिष्टाचार भेटघाट गरेका हुन् । भेटघाटमा उक्त संस्थाका प्रतिनिधिहरूले नेपालमा विशेष अवस्थामा हुन लागेको निर्वाचन पर्यवेक्षण गर्न पाउनु आफूहरूका लागि विशेष अवसर भएको बताउँदै निर्वाचन पूर्वतयारीका विषयमा जिज्ञासा राखेका थिए ।
आयोगका तर्फवाट सचिव कृष्णबहादुर राउतले निर्वाचन पूर्वतयारीको वर्तमान अवस्था र आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । उक्त टोली निर्वाचन अवधिभर नेपालमा रहने जनाइएको छ ।
प्रकाशित समय : १८:२६ बजे



















