global ime bank Long Banner Ad

गृहपृष्ठ मेयरले नै आचारसंहित उल्लघंन गरेको उपमेयरको आरोप (भिडियो सहित)

मेयरले नै आचारसंहित उल्लघंन गरेको उपमेयरको आरोप (भिडियो सहित)

मेयरले नै आचारसंहित उल्लघंन गरेको उपमेयरको आरोप  (भिडियो सहित)

सिराहा । लहान नगरपालिकाका उपमेयर राम चलित्तर महतोले मेयर महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन् । उपमेयर महतोका अनुसार मेयर चौधरीले कानुनको धज्जी उडाउने काम गरिरहेको बताउँदै आचारसंहिता केवल कागजमै सीमित भएको टिप्पणी गरेका छन् ।

उनले दल र उम्मेदवारहरूले खुलेआम आचारसंहिता उल्लङ्घन गरिरहेको उल्लेख गर्दै निर्वाचनको समयमा मात्र नियम सम्झने र जितेपछि बिर्सिने प्रवृत्ति दोहोरिँदै आएको बताएका छन् ।

‘जब आफ्नै हस्ताक्षर गरेर बनाएको नियम नै पालना गर्न सकिँदैन भने भोलि कानुन बनाउने जिम्मेवारीमा पुगेपछि कस्तो उत्तरदायित्व देखिन्छ ?’ उनले प्रश्न उठाए ।

उपमेयर महतोले आचारसंहितालाई कमजोर बनाउने प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिएका छन् । लोकतन्त्रको आधार नै विधि र नियमको पालना भएको उल्लेख गर्दै उनले सबै पक्षलाई कानुनको सम्मान गर्न आग्रह गरेका छन् ।

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु