nmb bank

गृहपृष्ठ जनमतका समानुपातिक उम्मेदवार नेकपा प्रवेश, अजय शंकर नायकलाई सघाउने

जनमतका समानुपातिक उम्मेदवार नेकपा प्रवेश, अजय शंकर नायकलाई सघाउने

जनमतका समानुपातिक उम्मेदवार नेकपा प्रवेश, अजय शंकर नायकलाई सघाउने

सिराहा । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका वडा नं. ८ का अध्यक्ष समेत रहेका दनुवार मंगलबार आयोजित एक कार्यक्रमबीच नेकपा प्रवेश गरेका हुन्।

उनलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सिराहा क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजय शंकर नायक, नेता रामचन्द्र ठाकुर, प्रकाश अधिकारीलगायतले स्वागत गरेका थिए।

दनुवारले सिराहा क्षेत्र नं. ४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी बनाउन आफू पार्टी प्रवेश गरेको बताए। उनले विकास, स्थायित्व र राजनीतिक सहकार्यका लागि आफ्नो निर्णय रहेको उल्लेख गरे।

प्रकाशित समय : १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु