गृहपृष्ठ नयाँ एसयूभी ‘ओरा फाइभ’ नेपाली बजारमा आउने

नयाँ एसयूभी ‘ओरा फाइभ’ नेपाली बजारमा आउने

नयाँ एसयूभी ‘ओरा फाइभ’ नेपाली बजारमा आउने

नेपालको बजारमा ग्रेटवाल मोटर्सको नयाँ एसयूभी ‘ओरा फाइभ’आउने भएको छ । भिजी इम्पेक्स प्रालिले आगामी मार्च महिनाको अन्तिमसम्ममा ओरा फाइभ नेपाल ल्याउने जानकारी दिएको हो ।

ग्रेटवाल मोटर्सको न्यू इनर्जी ब्राण्ड ओरामा यसअघि पनि ओरा थ्री नेपाली बजारमा उपलब्ध थियो । ओरा थ्री ह्याचब्याक कार भने ओरा फाइभ एसयूभी डिजाइनमा आउँदैछ ।

अहिले नेपाली बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बीवाइडी एटो टु र एटो थ्री, एमजी एस फाइभ, ओमोडा ई फाइभ, लीपमोटर बी–१०, दीपल एस–०५, हुन्डाई क्रेटा ईभी, महिन्द्रा बीई सिक्स र टाटा कर्भ ईभी उपलब्ध छन् । यही सेग्मेन्टमा ओरा फाइभ पनि उपलब्ध हुनेछ ।

ओरा फाइभको लम्बाइ ४४७१ एमएम, चौडाइ १८८३ एमएम र उचाइ १६४१ एमएम छ ।

ओरा फाइभमा १८ इन्चको अलोय ह्वील दिइएको छ । अगाडि सर्कुलर हेडलाइट र पछाडि एलईडी टेल लाइट छ । छतमा लाइडार दिइएको छ ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु