global ime bank Long Banner Ad

गृहपृष्ठ भक्तपुर–१ः उम्मेदवारहरु विकासको ‘एजेन्डा’सहित घरदैलोमा 

भक्तपुर–१ः उम्मेदवारहरु विकासको ‘एजेन्डा’सहित घरदैलोमा 

भक्तपुर–१ः उम्मेदवारहरु विकासको ‘एजेन्डा’सहित घरदैलोमा 

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलका उम्मेदवारहरु घरदैलो अभियान लिएर गाउँ पसेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र २ मा उम्मेदवारी दिएका मुख्य दलहरुले घरदैलो अभियान सञ्चालन गरेर मतदाताका घरघरमा मत माग्न पुगेका हुन् ।

बिहान र अपराह्न गरी दुई चरणमा अभियानको तालिका नै बनाएर नेकपा (एमाले), नेपाली कांग्रेस, नेमकिपा, नेकपा, राप्रपा, रास्वपालगायतका दलहरुले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान तीव्र बनाएका हुन् । विगतमा नेमकिपाको बलियो आधार क्षेत्र मानिँदै आएको भक्तपुर क्षेत्र नं १ मा चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरुले चुनावी वातावरणलाई तताएका छन् । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु विकासका एजेन्डा बोकेर जनतामाझ पुगिरहेका छन् ।

भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले चौथोेपटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिइरहँदा अन्य विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जना प्रतिस्पर्धामा उभिएका छन् । भक्तपुर क्षेत्र नं १ मा २०४८ साल, २०५१ साल, २०५६ साल, २०६४ साल र २०७० सालमा अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै निरन्तर प्रतिनिधिसभा सांसदमा अत्यधिक मतले निर्वाचित हुँदै आएको थियो ।

विसं २०७४ मा भिने बजुक्छेले पार्टीमा पुस्तान्तरण गर्नुपर्छ भन्दै उम्मेदवारी नदिने निर्णय गरेसँगै नेमकिपाबाट सुवालले २०७९ साल, २०७४ साल र २०७८ सालको निर्वाचनमा यही क्षेत्रबाट भारी मतान्तरणले निर्वाचित भएको थियो । यसअघि २०७९ सालको प्रतिनिधिसभाका निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवालले ४२ हजार ७६१ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का नवराज गेलालले ११ हजार ९६८ मत ल्याएर दोस्रो भएको थियो । तीस हजार ७९३ मतको मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा निर्वाचित भएकाले यस वर्षको निर्वाचनमा पनि भक्तपुर क्षेत्र नं १ मा फराकिलो मतान्तरले नेमकिपाले पहिलो पार्टी हुने दाबी गर्दै आएको छ ।

समाजवादी व्यवस्था स्थापना, नागरिकता नीतिमा कडाइ, भ्रष्टाचारविरुद्ध कठोर कानुन र शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने मुख्य एजेन्डा रहेको नेमकिपाका उम्मेदवार प्रेम सुवालले जानकारी दिए । निर्वाचनबाट मात्र समाजवाद नआउने, संसद्लाई प्रधानमन्त्री केन्द्रित संस्था नभई जनताको पीडा बुझ्ने, देशको रक्षा गर्ने र आवश्यक नीति तथा कानुन निर्माण गर्ने जनप्रतिनिधिमूलक सदन बनाउने प्रतिबद्धता लिएर जनतामाझ गएको बताउँदै नेमकिपाले जन्मका आधारमा नागरिकता पाएका विदेशीका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था खारेज गर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, संसद् र राज्य संयन्त्रलाई ‘सुविधा खोज्ने संस्था’ बन्न नदिन कानुनी सुधार गर्ने घोषणा पत्रमा लिएर मतदातामाझ गएको बताए ।

नेमकिपालाई यस निर्वाचनमा पछाडि पार्छौं भन्दै विशेषगरी नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका छन् । नेकपा (एमाले)बाट यस वर्षको निर्वाचनमा सोमप्रसाद मिश्रले उम्मेदवारी दिनुभएको छ । एमालेको अघिल्लो कार्यकालको केन्द्रीय सदस्य, भक्तपुर इन्चार्जको जिम्मेवारी सम्हालिसक्नु भएका मिश्रले यसअघिको स्थानीय तहको निर्वाचनमा भने चाँगुनारायण नगरपालिकाको नगर प्रमुखका रुपमा पाँच वर्ष स्थानीय तहको प्रतिनिधित्व गरिसकेको छ ।

एमालेका मिश्र यस चुनावले जनताको मतले नेमकिपालाई पछाडि पार्दै निर्वाचनमा विजयी हासिल गर्ने बताउँदै नेमकिपाले विकासमा विभेद गरेर भक्तपुर नगरपालिकाबाहेक क्षेत्र नं १ को चाँगुनारायण नगरपालिका क्षेत्रको बासिन्दालाई बेवास्ता गरेकाले यसपटक नेमकिपाले यसअघिको वर्चस्वलाई कायम राख्न नसक्ने दाबी गरे ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार एवं नेपाल बार एसोसिएसन भक्तपुरका पूर्वअध्यक्ष अधिवक्ता किरण न्यौपानेले पनि चुनाव प्रचारलाई तीव्र पारेको छ । नेमकिपाले नगरबाहेक बाहिरको क्षेत्र नं १ लाई नदेखेको, नहेरेको, विकासमा विभेद गरेको भन्दै जनताले नयाँ स्वरुपमा आएको कांग्रेसलाई विश्वास गरेर विजयी बनाउने दाबी गरे ।

रास्वपाका उम्मेदवार रुकेश रञ्जित नेमकिपाको किल्ला भत्काउने दाबी गरे । चुनाव जित्नलाई भक्तपुर बाहिरको मत पनि लिने तर चुनाव जितेपछि फर्केर पनि गाउँ नजाने नेमकिपाको प्रवृत्तिले गर्दा यस पटक रास्वपाले नेमकिपाको किल्ला भत्काउने दाबी गरे ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार हुनुभएका अधिवक्ता हरिराम लवजुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दोस्रोपटक उम्मेदवार भएका भरतबहादुर खड्काको आरोप पनि एउटै छ । नेमकिपाको एकाधिकारलाई यसपटकको नर्वाचनले परिवर्तन गर्ने र गाउँसम्म समान विकासको पुहँच पुर्याउने उनीहरुको दाबी छ ।

भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवारी दिएका उज्यालो पार्टी नेपालबाट रमेश बल्ल, आमजनता पाटीबाट देवेन्द्र ठाकुर, राष्ट्रिय जनमोर्चा पार्टीबाट ईश्वरीप्रसाद पैयानी, जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट श्यामसुन्दर शिल्पकार, नेकपा ९संयुक्त०बाट दामोदर पाण्डे, नेकपा (माओवादी) पार्टीबाट चन्द्रमान कोजु, मितेरी पाटी नेपालबाट सावित्री न्यौपाने, नेपालका लागि नेपाली पार्टीबाट दीपक पोखरेल, श्रम संस्कृति पार्टीबाट विष्णुहरि न्हिसुतु र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रवि खाइजु पनि चुनाबी मैदानमा छन् ।

त्यसैगरी, स्वतन्त्रतर्फका उम्मेदवारहरु सुजिता बुढाथोकी, विष्णुराम दुमरु, राजेश्वरी प्रजापति, सुदीप न्यौपाने, पुण्यराम सुवाल, राजु श्रेष्ठ, दशरथ थापा, सुरेश कोजु र बालकृष्ण खाइतु पनि सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट चुनावी प्रचारमा लागेको छ ।

प्रकाशित समय : १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु