गृहपृष्ठ पावर प्लेमा नन्दन यादवले तोडे ब्रान्डन र शाईको साझेदारी
पावर प्लेमा नन्दन यादवले तोडे ब्रान्डन र शाईको साझेदारी
काठमाडौं । आइसीसी पुरुष टी २० विश्वकपमा वेस्ट इन्डिजविरुद्ध नेपालले पावर प्लेमा १ विकेट लिएको छ ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा वेस्ट इन्डिजले ६ ओभरमा १ विकेट गुमाएर ४४ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि ब्रान्डन किङ्गलाई नेपालका नन्दन यादवले २२ रनमा पभिलियन फर्काए । ब्रान्डनको प्रहारलाई कुशल भूर्तेलले क्याच गरेका थिए ।
अहिले वेस्ट इन्डिजका लागि शिमरन हेतमायर र कप्तान शाई होपले जवाफी ब्याटिङ गरिरहेका छन् ।
प्रकाशित समय : १३:५१ बजे



















