गृहपृष्ठ उपभोक्ता अदालतको अध्यक्षमा न्यायाधीश डा भट्टलाई तोक्न परामर्श दिने निर्णय

उपभोक्ता अदालतको अध्यक्षमा न्यायाधीश डा भट्टलाई तोक्न परामर्श दिने निर्णय

उपभोक्ता अदालतको अध्यक्षमा न्यायाधीश डा भट्टलाई तोक्न परामर्श दिने निर्णय

न्याय परिषद्ले उपभोक्ता अदालत, काठमाडौंको अध्यक्ष पदमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा दीवाकर भट्टलाई तोक्न परामर्श दिने निर्णय गरेको छ ।

परिषद्को आज बसेको बैठकले उक्त अदालतको अध्यक्षमा जिल्ला न्यायाधीश भट्टलाई तोक्न परामर्श दिने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै, बैठकले विभिन्न जिल्लाका १० न्यायाधीशको सरुवा गर्ने र २० जना जिल्ला न्यायाधीशको पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, बिमा ऐन, २०७९ को दफा १४७ को उपदफा (१) को कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने प्रयोजनार्थ ७७ वटा जिल्ला अदालतलाई तोक्न परामर्श दिने निर्णय गरेको छ ।

प्रकाशित समय : २१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु