global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जुम्लाका ५२ वटा मतदानस्थलअति संवेदनशील

जुम्लाका ५२ वटा मतदानस्थलअति संवेदनशील

जुम्लाका ५२ वटा मतदानस्थलअति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ ।

मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबू रेग्मीले जानकारी दिए ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको यहाँ जिल्लाभरि ८५ वटा मतदानस्थलमध्ये ५२ वटालाई अति संवेदनशील रुपमा वर्गीकरण गरिएको हो । १८ वटा मतदानस्थललाई संवेदनशील रुपमा राखिएका छन् । १५ वटा मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको प्रनाउ रेग्मीले बताए ।

जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना छन् । त्यसमध्ये महिला मतदाता ३४ हजार २८० र पुरुष मतदाता ३७ हजार ४५९ जना छन् ।

प्रकाशित समय : १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु