global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सानिमा रिलायन्स लाइफद्वारा सेयरधनीलाई नगद लाभांश वितरण

सानिमा रिलायन्स लाइफद्वारा सेयरधनीलाई नगद लाभांश वितरण

सानिमा रिलायन्स लाइफद्वारा सेयरधनीलाई नगद लाभांश वितरण

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ ।

कम्पनीको गत पुस २४ गते सम्पन्न भएको ९ औं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सेयरधनीका बैंक खातामा जम्मा गरिदिएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही नगद लाभांश सम्बन्धित शेयरधनीको डिम्याट खातामा उपलब्ध बैंक खातामा पुस २४ गतेदेखि नै वितरण गर्न सुरु गरेको जनाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै लाभांश पाउनेछन्।

पुस ९ गतेसम्म सेयर धितो राखेर कर्जा लिएको सेयरधनीले कर्जा लिएको संस्थाबाट एनओसी वा लाभांश फुकुवा पत्र पेस गरेपछि मात्रै बैंक खातामा लाभांश पठाइने जनाएको छ ।

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु