global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बाघ भैरव डोजोलाई वडाअध्यक्ष कप कराते प्रतियोगिताको उपाधि

बाघ भैरव डोजोलाई वडाअध्यक्ष कप कराते प्रतियोगिताको उपाधि

बाघ भैरव डोजोलाई वडाअध्यक्ष कप कराते प्रतियोगिताको उपाधि

काठमाडौँ । प्रथम वडाअध्यक्ष कप खुल्ला कराते प्रतियोगिताको उपाधि बाघ भैरव डोजोले जितेको छ ।

प्रतियोगितामा कालो बोर्डिङ स्कुलले द्वितीय स्थान हासिल गर्दा पद्मा डोजोले तृतीय स्थान हासिल गर्न सफल भयो । व्यक्तिगततर्फ छात्रा समूहमा पद्मा डोजोकी दिव्यानी तामाङ तथा छात्र समूहमा नव शान्तिका सुलभ चौधरी उत्कृष्ट खेलाडी घोषित भए । पुरस्कार वितरण समारोहमा  काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, वडा नं ७ का वडाअध्यक्ष विमलकुमार होडा, नेपाल गोजु–काई कराते–डो सङ्घका अध्यक्ष अशुराज श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारालाई आत्मसात् गर्दै काठमाडौँ महानगरपालिका–७ कार्यालयको सहयोग तथा मित्रपार्क नाय खिं बाजं खलः सँगको समन्वयमा नेपाल गोजु–काई कराते–डो सङ्घले उक्त प्रतियोगिताको आयोजना गरेको हो । विभिन्न तौल समूहमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा २७० खेलाडीको सहभागिता रहेको थियो ।

प्रकाशित समय : १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु