global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने

अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने

अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने

काठमाडौँ । स्वस्थानी देवी एवं माधवनारायण मेलाको अन्तिम दिन आज लाखौँ भक्तजन साँखुस्थित शालीनदी पुगेका छन् । साँखुस्थित शालीनदीमा लाग्ने माधवनारायण मेलाको अन्तिम दिन परेकाले एकै दिन हजारौँ भक्तजन आएका शालीनदी सुधार तथा व्यवस्थापन समितिले जनाएको छ ।

एकै दिन हजारौँ भक्तजन आएपछि व्यवस्थापनका लागि मुस्किल परेको समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिनुभयो । शुक्रबार र शनिबार पनि शालीनदीमा हजारौँ  भक्तजन पुगेका थिए । भक्तजन धेरै भएपछि आज थलीदेखि सवारी चाप बढेको समितिले जनाएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शालीनदी मेला लाग्छ । यस अवधिमा यहाँ आएर स्नान गरेर माधवनारायण र स्वस्थानी देवीको पूजाआराधना गरेमा पुण्य पाइने धार्मिक विश्वास छ । यही विश्वासका साथ बर्सेनि यहाँ हजारौँ भक्तजन आउने गरेका छन् ।

एक महिना अघिदेखि सुरु भएको माधवनारायण मेला आज सकिने समितिले जनाएको छ । यस वर्ष १६२ महिला र १५ पुरुषले माधवनारायणको कठोर व्रत गरिरहेका छन् । आज राति माधवनारायणका वर्तालुले अश्वमेध यज्ञ गरी व्रत समापन गर्ने समितिले जनाएको छ ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु