global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नारायणी डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

बैंकले ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत आज माघ १८ गतेबाट बिक्रीमा राखेको हो।

बैंकको यो लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा र बुटवलमा पेस गर्न सकिनेछ।

प्रकाशित समय : १०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु