global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने

राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने

राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने

काठमाडौं । राष्ट्रिय झण्डा सम्मान अभियान नेपालले सोमबार दिउँसो ३ः३० बजे निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

अभियानका संयोजक गोविन्द पौडेलका अनुसार उक्त कार्यक्रममा राष्ट्रिय झण्डा सम्मानप्रेमी नेपाली नागरिकहरूको सहभागिता रहनेछ ।

राष्ट्रिय झण्डाको सम्मान, संरक्षण तथा यसको गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ अभियानले ध्यानाकर्षण पत्र बुझाउन लागेको हो ।

पछिल्लो समय निर्वाचनका लागि उम्मेदवारहरुले जथाभावी राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै विरोध हुँदै आइरहेको छ । गृह मन्त्रालयले समेत राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित समय : ०९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु