गृहपृष्ठ राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
देउखुरी । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका छन् । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग/अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएको हो ।
महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी भएको हो । उनकी निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गरे ।
यसैगरी अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी पाँच हजार ९७७ मतभारसहित विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वृहस्पति अधिकारीले एक हजार ८३२ मतभार प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाए । यस्तै अपाङ्ग÷अल्पसङ्ख्यकतर्फ कांग्रेसका वासुदेव घिमिरे ६ हजार ३२२ मतभारसहित विजयी भयो भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सर्जन विकले एक हजार ६०१ मतभार पाए ।
निर्वाचनमा प्रदेशसभातर्फ ७८ र स्थानीयतहतर्फ २०८ मत खसेको थियो । जसमा प्रदेशसभातर्फ महिला ३० र पुरुष ४८ मत खसेको थियो । जम्मा प्रदेशसभातर्फ ८३ मतमा पाँच जना र स्थानीय तहतर्फ २१७ मतदातामध्ये नौ जना अनुपस्थित रहेको थियो ।
प्रकाशित समय : १९:३८ बजे

















