प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल
वि.सं.२०८२ माघ ४ आइतवार १७:१५
shares
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साेमबार बसकाे मन्त्रिपरिषद्काे बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की । तस्बिर साैजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, परराष्ट्रमन्त्री बालानन्द शर्मा, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका पदाधिकारी सहभागी हुनुहुन्छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपर्ने कार्यतालिका रहेको छ ।
























