global ime bank Long Banner Ad

गृहपृष्ठ भारतीय सहयोगमा विद्यालय भवन निर्माण

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ ।

तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिए ।

नवनिर्मित भवनमा कम्प्युटर र विज्ञान प्रयोगशालाका साथै कार्यशाला आयोजना गर्ने प्रेक्षालय पनि निर्माण गरिएको छ । भवनको हालै आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले उद्घाटन गरे ।

प्रकाशित समय : १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु