global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिममा बुधबार सार्वजनिक बिदा

सुदूरपश्चिममा बुधबार सार्वजनिक बिदा

सुदूरपश्चिममा बुधबार सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा बुधबार (पुस ३०) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

पश्चिम नेपालका थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले उक्त दिन बिदा दिएको हो।

पुस महिनाको अन्तिम दिन थारु समुदायमा ‘जिता पर्व’का रूपमा बंगुर (जिता) मारेर सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहेको छ। यही कारण प्रदेश राजपत्रमा पुस ३० गतेलाई ‘जिता पर्व’ उल्लेख गर्दै सार्वजनिक बिदा तोकिएको छ।

 

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु