global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ आँखारोग विशेषज्ञ डा श्रेष्ठको एकल कला प्रदर्शन

आँखारोग विशेषज्ञ डा श्रेष्ठको एकल कला प्रदर्शन

आँखारोग विशेषज्ञ डा श्रेष्ठको एकल कला प्रदर्शन

काठमाडौं । वरिष्ठ आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठ ‘विजुच्छे’को एकल कला प्रदर्शन गरिएको छ । डा श्रेष्ठले आफ्नो प्राध्यापन र डाक्टरी पेशाका अलावा विगत तीन वर्षदेखि सिर्जना गरेका १०० कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको शताब्दीपुरुष सत्यमोहन जोशीले उद्घाटन गरे ।

कार्यक्रममा शताब्दीपुरुष जोशीले कलाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए । “नेपाली कलाको विकास, उन्नति र प्रचारका क्षेत्रमा नेपाल कला परिषद्ले खेलेकोे भूमिका सराहनीय छ”, उनले भने ।

जोशीले जनस्तरबाट स्थापना भएको कला परिषद्लाई अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको स्पष्ट पारे । उनले डा श्रेष्ठ बहुप्रतिभाको धनी भएको बताए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आफ्ना अनुभूति र आफूलाई मनमा लागेको कुरालाई प्रस्तुत गर्ने माध्याम कला भएको उल्लेख गरे ।

वरिष्ठ कलाकार हरिप्रसाद शर्माले डा श्रेष्ठले कलामार्फत देश र समाजलाई नयाँ सिर्जना दिएको बताए । नेपाल ललितकला क्याम्पसका पूर्वक्याम्पस प्रमुख गोविन्द डङ्गोलले कलामा पनि उज्ज्वल भविष्य भएकाले यसलाई निरन्तरता दिन आग्रह गरे ।

डा श्रेष्ठले आफ्ना श्रीमान् डा विनोद विजुक्छे र छोरा आरभ विजुक्छेको साथ र सहयोगले आफू कला क्षेत्रमा लाग्ने अवसर प्राप्त गरेको बताए । सोमबारसम्म चल्ने प्रदर्शनीमा १०० कला प्रदर्शन गरिएको छ । प्रदर्शनबाट उठेको रकम समाजसेवामा खर्च गर्ने डा श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय : १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु