गृहपृष्ठ युक्रेनबारे रुससँग वार्ता गर्ने समय आएको इटालीका प्रधानमन्त्रीको भनाइ
युक्रेनबारे रुससँग वार्ता गर्ने समय आएको इटालीका प्रधानमन्त्रीको भनाइ
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले शुक्रबार युक्रेन युद्ध अन्त्य गर्न युरोपेली सङघ इयूले रुससँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्नुपर्ने बताएका छन।
“मलाई लाग्छ युरोपले रुससँग वार्ता गर्ने समय आएको छ,” उनले नयाँ वर्षको अवसरमा गरिएको पत्रकार सम्मेलनमा भने ।
“यदि युरोपले चलिरहेको वार्ताको यस चरणमा भाग लिने निर्णय गर्यो भने यसमा संलग्न पक्षहरूमध्ये एकसँग मात्र कुरा गरेर यसले गर्न सक्ने सकारात्मक योगदान सीमित छ ।
उनले भने “म फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको भनाइसँग सहमत छु ।” म्याक्रोँले डिसेम्बरमा युक्रेनमा युद्धमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः संलग्न हुन युरोपको लागि यो समय ‘उपयोगी’ हुने बताएका थिए ।
मस्कोको सन् २०२२ फेब्रुअरीको आक्रमणपछि इयू र रुसबीचको सम्पर्क पूर्णरूपमा अवरूद्ध भएपछि वाशिङ्गटनले द्वन्द्व अन्त्य गर्न वार्तामा नेतृत्व लिएको छ ।
यसले गर्दा युरोपेली नेताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई आकार दिन हताश भएका छन् ।
मेलोनीले वार्तामा इयूको पक्षमा को सहभागी हुने भन्ने थाहा पाउन कठिन रहेको बताए । उनले भने, “हामीसँग वार्ताको सुरुवातदेखि नै यो समस्या छ । त्यहाँ धेरै आवाजहरू गुजिरहेका छन्, धेरै ढाँचाहरू छन्।”
उनले भने, “म सँधै युक्रेनको प्रश्नमा जो कोही भएपनि एक विशेष युरोपेली दूत नियुक्त गर्ने पक्षमा छु उसले हाम्रो आवाज बोल्नेछ।”
यद्यपि उनले भने,“रूसलाई हाल जी–७ समूहमा स्वागत गर्ने बारेमा कुरा गर्नु धेरै हतारो हुनेछ । पहिले यो रूससहित जी–८ विकसित राष्ट्रहरूको समूह थियो। उनले भने, “अहिलेरुस जी–७ मा सामेल हुने कुरा मलाई असम्भव लाग्छ।”
प्रकाशित समय : २१:०९ बजे



















