global ime bank Long Banner Ad

गृहपृष्ठ माघ १६ देखि धरानमा मेडिकल विद्यार्थीहरूको भेला हुँदै

माघ १६ देखि धरानमा मेडिकल विद्यार्थीहरूको भेला हुँदै

माघ १६ देखि धरानमा मेडिकल विद्यार्थीहरूको भेला हुँदै

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा चिकित्सकहरूको भेला हुने भएको छ ।

माघ १६ गतेदेखि २४ गतेसम्म धरानमा ‘अल नेपाल इन्टर मेडिकल कलेज मिट– साइन्याप्स २०२६’ नामक सप्ताहव्यापी कार्यक्रममा विद्यार्थी, चिकित्सक तथा आवासीय चिकित्सकहरूको सहभागिता रहनेछ ।

कार्यक्रममा खेलकुद, सांस्कृतिक तथा साहित्यिक गोष्ठी र समारोहहरू आयोजना गरिने छन् । कोरोना महामारी तथा अन्य विविध कारणले नियमित रूपमा आयोजना हुन नसकेको यो कार्यक्रम पुनःसञ्चालन हुन लागेको हो । मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु