global ime bank Long Banner Ad

गृहपृष्ठ सन् २०२६ मा राष्ट्रसङ्घको मानवीय सहायताका लागि अमेरिकाले दुई अर्ब डलर दिने

सन् २०२६ मा राष्ट्रसङ्घको मानवीय सहायताका लागि अमेरिकाले दुई अर्ब डलर दिने

सन् २०२६ मा राष्ट्रसङ्घको मानवीय सहायताका लागि अमेरिकाले दुई अर्ब डलर दिने

अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले सन् २०२६ का लागि राष्ट्रसङ्घको मानवीय सहायताका लागि उपलब्ध गराउने सहयोगसम्बन्धी पुष्टि गरेको छ ।

अमेरिका विश्वको शीर्ष मानवीय सहायता दाता देश हो । राष्ट्रसङ्घको तथ्याङ्क अनुसार सन् २०२२ मा १४ अर्ब डलर रहेको सहायता रकम सन् २०२३ र सन् २०२४ मा झन्डै ११ अर्ब डलर थियो भने यो रकम सन् २०२५ मा आइपुग्दा २.७ अर्ब डलरमा झरेको थियो ।

राष्ट्रसङ्घ सहायता प्रमुख टम फ्लेचरले यस महिनाको शुरुमा राष्ट्रसङघको वार्षिक ‘ग्लोबल ह्युमेनिटेरियन अपिल २०२६’ को शुरुआत गरेका थिए । उनले गाजा, युक्रेन, सुडान, हाइटी र म्यान्मारजस्ता देशहरुमा मुख्य ध्यान केन्द्रित गरीएको र विश्वका ८७ लाख खाँचोमा परेका मानिसलाई सहायता प्रदान गर्न २३ अर्ब डलर अनुरोध गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता खर्च घटाएपछि राष्ट्रसङ्घले नयाँ वास्तविकतालाई अनुकूलन गर्ने प्रयास गरिरहेको छ ।

प्रकाशित समय : १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु