global ime bank Long Banner Ad

गृहपृष्ठ रेड बुल नेपालद्वारा ‘यात्रा वर्ल्डकपको’ क्याम्पेन सार्वजनिक

रेड बुल नेपालद्वारा ‘यात्रा वर्ल्डकपको’ क्याम्पेन सार्वजनिक

रेड बुल नेपालद्वारा ‘यात्रा वर्ल्डकपको’ क्याम्पेन सार्वजनिक

रेड बुल नेपालले अर्को महिना भारत र श्रीलंकामा हुने आइसीसी टि२० विश्वकपलाई लक्षित गर्दै ‘यात्रा वर्ल्डकपको’ क्याम्पेन सुरु गरेको छ ।

फ्यानको क्यान अन्तर्गत रेड बुलले क्यानमा रहेको क्युआर कोड स्क्यान गरेपछि आउने प्रश्नको उत्तर दिएर कन्टेस्टमा सहभागी हुनेछन् । उत्तर दिनेमध्य केहि विजेतालाई विश्वकपको लागि लगिने रेड बुलले जनाएको छ । राजधानीमा एक कार्यक्रममाझ रेड बुल एथ्लिट कुशल भुर्तेलको उपस्थितिमा सो क्याम्पेन घोषणा गरिएको थियो ।

सोहि अवसरमा नयाँ क्याम्पेनको लोगो सार्वजनिक गर्नुका साथै यसअघिको क्याम्पेनको विजेता पनि छनोट गरिएको थियो । राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले गोलाप्रथाबाट दुई विजेता छनोट गरेका थिए । उक्त क्याम्पेनका विजेताहरु विनोद न्यौपाने र आर्यन सापकोटाले थाइल्याण्ड भ्रमण गर्ने भएका छन् ।

 

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु