global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनद्वारा स्वीकृत

नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनद्वारा स्वीकृत

नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनद्वारा स्वीकृत

‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना ईकाइहरू बिक्रीमा ल्याउने भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवर्द्धक र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त योजनाले नेपाल धितोपत्र बोर्ड​ (सेबोन)बाट स्वीकृति समेत पाइसकेको छ ।​

सेबोनले यही पुस १३ गते प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरको १६ करोड ईकाइले हुन आउने कुल १ अर्ब ६० करोड रकम बराबरको फन्ड जारी गर्न अनुमति प्रदान गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यो पहिलो बन्दमुखी योजना हो । यसको अवधि १० वर्षको रहेको कम्पनीले जनाएको छ ।

निष्काशन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाको ईक्रा नेपाल लिमिटेडबाट कोष प्रवर्द्धनका लागि रेटिङ्ग एए– प्राप्त गरेको छ ।

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु