global ime bank Long Banner Ad

गृहपृष्ठ सामसङ इनोभेसन क्याम्पसद्वारा एआई तालिम सम्पन्न

सामसङ इनोभेसन क्याम्पसद्वारा एआई तालिम सम्पन्न

सामसङ इनोभेसन क्याम्पसद्वारा एआई तालिम सम्पन्न

सामसङ इनोभेसन क्याम्पस नेपालले आफ्नो एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । डिसेम्बर २९, २०२५ मा पुल्चोक क्याम्पसमा आयोजित एक विशेष समारोहका बीच स्नातक भएका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याचको सुरुवात समेत गरिएको छ ।

सन् २०२३ देखि ‘टुगेदर फर टुमोरो, इनेबलिङ पिपल’ भन्ने नाराका साथ सञ्चालित यस कार्यक्रमले नेपाली युवाहरूलाई भविष्यका लागि आवश्यक डिजिटल सीपहरू प्रदान गर्दै आएको छ । जुन २७ देखि डिसेम्बर ३१ सम्म चलेको यस सत्रमा विद्यार्थीहरूले व्यवहारिक सिकाइ, उद्योग सान्दर्भिक ज्ञान र अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव हासिल गरेका थिए ।

कार्यक्रममा बोल्दै सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ उक जङले भने, ‘हामी युवालाई नेपालको डिजिटल प्रगतिको प्रमुख शक्तिका रूपमा हेर्छौं । उनीहरूलाई भविष्य–तयार सीपले सुसज्जित गर्नु देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो ।’

यो पाठ्यक्रम प्राविधिक ज्ञानमा मात्र सीमित नरही सफ्ट स्किल्स, समस्या समाधान क्षमता र रोजगारीयोग्यता अभिवृद्धिमा केन्द्रित रहेको छ । विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा र आईओटी जस्ता प्रविधि प्रयोग गरी वास्तविक जीवनका चुनौतीहरू समाधान गर्ने परियोजनाहरूमा समेत काम गरेका छन् ।

पुल्चोक क्याम्पसमा आयोजित उक्त समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग के.सी., इन्स्टिच्युट अफ इन्जिनियरिङका डिन डा. सुशील बी. बज्राचार्य र क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु