global ime bank Long Banner Ad

गृहपृष्ठ धनुषाका बेरोजगार युवायुवतीलाई सीपमूलक तालिम

धनुषाका बेरोजगार युवायुवतीलाई सीपमूलक तालिम

जानकी महिला जागरण समाज धनुषाले विगत दुई वर्षमा जिल्लाका पाँच स्थानीय तहका ३५० युवायुवतीलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाएको छ । तालिम लिनेमध्येका १९६ जनाले रोजगारी प्राप्त गरेका छन् ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सवैला, कमला, सहिद, विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका युवायुवतीलाई व्यवसायमूलक तथा दक्षता अभिवृद्धि सम्बन्धी तालिम दिएर रोजगारमूलक तथा व्यवसायमुखी बनाएको जनाइएको छ ।

सो संस्थाले १६२ जना युवायुवतीलाई जनही ८३ हजार आर्थिक सहयोग गरी व्यसाय गर्न प्रेरित गरेको संस्थाका अध्यक्ष मन्दाकिनी कर्णले जानकारी दिए । उक्त संस्थाद्वारा आज जनकपुरधाममा दक्ष युवा परियोजना जिल्लास्तरीय परियोजना समापन बैठक आयोजना गरेको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेलले सरकारको उद्देश्य तथा लक्ष्य पूरा गर्न गैरसरकारी संस्थाहरुले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्लान इन्टर नेशनल नेपालले सन् १९७८ बाट नेपालमा काम गर्दै आएकामा हाल साझेदार संस्थामार्फत मधेस प्रदेशको चार जिल्लासहित १३ जिल्लामा कामा गर्दै आएको जनाएको छ ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु