global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ ।

कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ ।

साथै ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ ।

साथै, नौ करोड १२ लाख ८७ हजारको मुसुरो र तीन करोड ७८ लाख ८३ हजार मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ ।

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु