गृहपृष्ठ रायो सागमा अत्यधिक विषादी
रायो सागमा अत्यधिक विषादी
काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक विषादी भेटिएको छ । बिक्रीका लागि कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको उक्त सागमा लगभग शतप्रतिशत विषादी पाइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज विभिन्न १५ वटा तरकारीको विषादी परीक्षण गरिएको थियो । त्यसक्रममा काठमाडौंबाट ल्याइएको रायो सागमा ९९ दशमलब ०८० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको समितिले जनाएको छ ।
उक्त रागलाई नष्ट गरिएको समितिको भनाइ छ । कालीमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको परीक्षण हुँदै आएको छ ।
प्रकाशित समय : १३:३७ बजे



















