global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल आइएमई बैंकले पुष्प खेती गर्न कर्जा दिने

ग्लोबल आइएमई बैंकले पुष्प खेती गर्न कर्जा दिने

ग्लोबल आइएमई बैंकले पुष्प खेती गर्न कर्जा दिने

ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएसन नेपालबीच पुष्प खेती तथा आलङ्कारिक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सोको लागि सहज कर्जा प्रणालीको विकास गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख असीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरू लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो । साथै, फ्लोरिकल्चर एसोसिएसन नेपालले आफ्नो सदस्यहरूलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ ।

यसबाट व्यवसायी तथा कृषकहरूको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरूको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ । साथै यस सहकार्यले जलवायु अनुकुलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसाथ गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु