global ime bank Long Banner Ad

गृहपृष्ठ मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तको पुस ८ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार लघुवित्तले करिब ७ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

मेरो माइक्रोफाइनान्स लघुवित्तले स्थिर मुनाफा र वित्तीय सुदृढताका आधारमा सेयरधनीलाई प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश घोषणा गरेको जनाएको छ।

प्रकाशित समय : ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु