global ime bank Long Banner Ad

गृहपृष्ठ कक्षा १२ को परीक्षा फाराम खुल्यो

कक्षा १२ को परीक्षा फाराम खुल्यो

कक्षा १२ को परीक्षा फाराम खुल्यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फाराम खुलाएको छ । २०८३ सालमा हुने वार्षिक परीक्षाका लागि बोर्डले फाराम खुलाएको हो ।

०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र)का विद्यार्थीका लागि फाराम खुलाइएको हो ।

परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भए अनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्ने पर्ने हुन्छ । यो अवधिमा छुटेका विद्यार्थीहरूले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म बुझाइसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु