गृहपृष्ठ दोहोरो शतक र शतक बनाउने न्युजिल्यान्डका पहिलो खेलाडी बने डेभन कन्वे
दोहोरो शतक र शतक बनाउने न्युजिल्यान्डका पहिलो खेलाडी बने डेभन कन्वे
डेभन कन्वे एउटै टेस्ट क्रिकेटमा दोहोरो शतक र शतक बनाउने न्युजिल्यान्डका पहिलो खेलाडी बनेका छन् ।
घरेलु मैदान बे ओभलमा वेस्ट इन्डिजसँगको तेस्रो टेस्टमा ३४ वर्षीय कन्वेले यो उपलब्धि हासिल गरेका हुन् । पहिलो पारीमा २२७ रन बनाएका उनले दोस्रो पारीमा १०० रन बनाएका हुन् ।
योसँगै कन्वे एउटै टेस्टमा दोहोरो शतक र शतक बनाउने विश्वको १०औं खेलाडी बनेका छन् । यसअघि अस्ट्रेलियाका डग वाल्टर्स, भारतका सुनिल गाभस्कर, वेस्ट इन्डिजका लरेन्स रोवे, अस्ट्रेलियाका ग्रेग च्यापेल, इङ्ग्ल्यान्डका ग्रामह गूच, वेस्ट इन्डिजका ब्रायन लारा, श्रीलङ्काका कुमार साङ्गाकारा, अस्ट्रेलियाका मार्नस लाबुशेन र भारतका शुभमन गिलले यो उपलब्धि हासिल गरेका थिए ।
यसैबीच तीन खेलको टेस्ट शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता लिएको छ । पहिलो खेल बराबरीमा सकिएकोमा दोस्रो खेल न्युजिल्यान्डले जितेको थियो ।
यस्तै तेस्रो टेस्टमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई ४६२ रनको लक्ष्य दिएको छ । चौथो दिनको खेल सकिँदा वेस्ट इन्डिजले एक विकेट पनि नगुमाइ ४३ रन बनाएको छ ।
प्रकाशित समय : १६:०५ बजे


















