global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कामना सेवाविकास बैकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग

कामना सेवाविकास बैकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग

कामना सेवाविकास बैकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग

कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा स्थित दमक नगरपालिकावडा नं. ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई तथा कमल गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र सिम्लेलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले दमक नगरपालिका ०५ का वडा अध्यक्ष इन्द्र गुरुङलाई तथा कमल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लाल बहादुर बिष्टलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेका छन ।

बैंकको यस सहयोगबाट वडामा सेवालिन आउने सबै जना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि ज्ञापन गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु