nmb bank

गृहपृष्ठ विष्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ गरेका लामालाई पाँचथर पठाइयो

विष्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ गरेका लामालाई पाँचथर पठाइयो

विष्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ गरेका लामालाई पाँचथर पठाइयो

विष्फोटक पदार्थसम्बन्धी कसुरका प्रतिवादी कुमार, विश्वक्रान्ति र देवराज लामा भन्ने राजकुमार तामाङ लामालाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्षसमेत रहेका लामालाई २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र दुई जना घाइते भएको घटनामा पाँचथरमा उजुरी परेको आधारमा पक्राउ गरिएको हो । सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँको कपनबाट पक्राउ गरी आजै थप अनुसन्धानका लागि लामालाई पाँचथर पठाइएको जानकारी दिए ।

उनका अनुसार लामालाई काठमाडौँ जिल्लाको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित घरबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको हो ।

लामा २०६८ सालमा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाईम बम विष्फोट गराई मानबहादुर तामाङसहित तीन जनाको मृत्यु तथा सोम तामाङसमेत घाइते भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेका थिए । सोही मुद्दामा जेल परेका लामा विसं २०७६ मा प्रजातन्त्र दिवसमा जेलमुक्त भएका व्यक्ति हुन् ।

प्रकाशित समय : २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु