nmb bank

गृहपृष्ठ एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित

एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित

एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित

काठमाडौंः गैर आवासीय नेपाली संघको युरोप महिला संयोजकमा फ्रान्सकी गीता खनाल थापा मनोनित भएकी छन् ।

संघको हालै बसेको बैठकले एनआरएनए फ्रान्सकी पूर्व अध्यक्ष समेत रहेकी थापालाई युरोप महिला संयोजकमा मनोनयन गर्ने निर्णय गरेको हो ।

हाल पेरिसमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय थापाको मनोनयनलाई युरोपका महिलाहरुले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् ।

संघका अध्यक्ष महेश श्रेष्ठले प्रभावकारी रुपमा संस्थाका गतिविधिमा सक्रिय योगदानका साथै महिलाका क्षेत्रमा गरेको योगदानको कदर स्वरुप जिम्मेवारी प्रदान गरिएको बताए ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु