global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बार एशोसिएशन जनकपुरले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस भव्य रुपमा मनाउने

नेपाल बार एशोसिएशन जनकपुरले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस भव्य रुपमा मनाउने

नेपाल बार एशोसिएशन जनकपुरले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस भव्य रुपमा मनाउने

जनकपुर । नेपाल बार एशोसिएशन जनकपुरले विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाउने भएको छ ।

सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेपाल बार एशोसिएसन जनकपुरधाम, धनुषाले यस वर्ष विभिन्न कार्यक्रमहरु गरी अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाउने जानकारी दिएको छ । एशोसिएसन धनुषाका अध्यक्ष बिमल कुमार मिश्रका अनुसार मंसिर २४ गत्ते बुधबारको दिन जनकपुरधाममा प्रभात फेरि गरिने कार्यक्रम रहेको छ ।

उक्त प्रभात फेरि कार्यक्रममा देशभरिका कानुन व्यवसायीहरुको उपस्थिती रहने उनले जानकारी दिए । सो लगत्तै जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा थप कार्यक्रमहरु हुने उनले बताए । उक्त कार्यक्रमको उद्घाटन नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले गर्ने अध्यक्ष मिश्रले जानकारी दिए ।

एशोसिएसनले दुई दिनसम्म अन्तरक्रिया, गोष्ठि लगायतका विभिन्न कार्यक्रम गर्ने अध्यक्ष मिश्रले बताए । उनले सम्पूर्ण धनुषावासीलाई जनकपुरधाममा आउने कानुन व्यवसायी तथा अतिथीहरुको स्वागत तथा व्यवस्थापन गरिदिन आग्रहसमेत गरेका छन् ।

प्रकाशित समय : २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु