गृहपृष्ठ क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।
आज (आइतबार) न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।
नलिञ्चोकको हेलिपोर्ट भ्रष्टाचार मुद्दामा आइतबार थुनछेक बहस भएको थियो। उनीविरुद्ध आइतबार नै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दा पनि दायर भएको छ।
प्रकाशित समय : १९:५२ बजे

















