गृहपृष्ठ आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ।
लाभांश र साधारणसभा प्रयोजनार्थ आशा लघुवित्तले भोलि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
संस्थाले आफ्नो नवौं वार्षिक साधारणसभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको धुलिखेल–६ स्थित होटल अरनिकोमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।
सभाले अन्य लघुवित्त वित्तीय संस्था गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रकाशित समय : १०:५१ बजे




















