गृहपृष्ठ शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ माचाडो सम्मानका लागि ओस्लोमा नै उपलब्ध हुने

शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ माचाडो सम्मानका लागि ओस्लोमा नै उपलब्ध हुने

शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ माचाडो सम्मानका लागि ओस्लोमा नै उपलब्ध हुने

आफ्नै देशमा लुकेर बसेको बताउँदै आएकी भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार ग्रहण गर्न ओस्लो यात्रा गर्ने पुष्टि गरेको नोबेल इन्स्टिच्युटका प्रमुखले शनिबार एएफपीसँग बताएको छ ।

“मैले शुक्रबार ९हिजो राति० नोबेल शान्ति पुरस्कार विजेता माचाडोसँग सम्पर्क गरेको थिएँ र समारोहका लागि ओस्लोमा उपलब्ध हुने बताएको छ,” नोबेल इन्स्टिच्युटका प्रमुख क्रिस्टियन बर्ग हार्पविकेनले भने ।

“सुरक्षा अवस्थालाई ध्यानमा राख्दै, हामी आउने मिति र अवस्था बारेमा थप केही भन्न सक्दैनौँ,” उनले थपे।

भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम साबले गत महिना एएफपीलाई बताएअनुसार, म्याचडोले अक्टोबर १० मा प्रदान गरिएको शान्ति पुरस्कार स्वीकार गर्न नर्वेको यात्रा गरेमा उनलाई ‘फरार अभियुक्त’ का रूपमा हेरिनेछ ।

नोबेल शान्ति पुरस्कार प्रदान गर्ने औपचारिक समारोह बुधबार ओस्लोमा हुनेछ ।

सन् २०२४ जुलाईमा राष्ट्रपति निकोलस मादुरोको हालैको पुनः निर्वाचनपछि भएको विरोध प्रदर्शनका क्रममा करिब दुई हजार ४०० जना पक्राउ परेसँगै भेनेजुएलामा विपक्षी गतिविधि मौन बनेको छ ।

मादुरोले चुनावी अभिमत चोरी गरेको आरोप माचाडोले लगाउनुभएको छ । यो दाबीलाई अन्तर्राष्ट्रिय समुदायको ठूलो हिस्साले समर्थन गरेको छ ।

सन् २०२४ अगस्टदेखि लुकेर बसेकी माचाडो भेनेजुएलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मानिनुहुन्छ भने उहाँ मादुरोले लागूऔषध कारोबारी समूह(ड्रग कार्टेल) को नेतृत्व गरेको वाशिङ्टनको मूल्याङ्कनसँग सहमत थिए ।

नोबेल शान्ति पुरस्कार विजेता माचाडोले यस क्षेत्रमा बढाइएको अमेरिकी सैन्य उपस्थितिलाई ‘लागूऔषध बोकेका डुङ्गा’मा हस्तक्षेपका लागि आवश्यक रहेको भन्दै स्वागत गरेको छ ।रासस

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु